
काठमाडौं । गृहमन्त्री रमेश लेखको राजीनामा माग्दै विपक्षी दलहरूले अवरोध गरेपछि संसद् बैठक आधा घण्टालाई स्थगित भएको छ । गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षीले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टालाई बैठक स्थगित गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि प्रश्न उठेको भन्दै विपक्षीले नाराबाजी गरेका थिए । भिजिट भिसा प्रककरणमै गृहमन्त्री लेखकले बोल्ने तयारी गरेका थिए । तर, विपक्ष माओवादी केन्द्र, रास्वपा र राप्रपासहितले राजीनामा माग गर्दै नाराबाजी गरेका हुन् ।
प्रकाशित मिति : २०८२ जेठ १३ गते मंगलबार