
काठमाडौं। विपक्षी दलहरूको अवरोधपछि आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभा बैठकको समय परिवर्तन गरिएको छ। मंगलबार बिहान ११ बजे बसेको बैठक भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षीहरूले अवरोध गरेपछि स्थगित गरिएको थियो।
तर आधा घण्टाका लागि भनेर स्थगित गरिएको बैठक आजै बस्ने गरी परिवर्तन गरिएको हो। जसअनुसार बैठक आजै साढे दुई बजे बस्नेछ।
प्रकाशित मिति : २०८२ जेठ १३ गते मंगलबार