२०८३ वैशाख ७ , सोमबार

गृहमन्त्रीको प्रश्न – कर्मचारीमाथि अनुसन्धान हुनासाथ मन्त्रीले राजीनामा दिने भए एक वर्षमा कति मन्त्री चाहिएला ?



काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूले गर्दै नगरेको र हुँदै नभएको काममा आफूलाई आरोपित गरिरहेको बताएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । संसद् भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

“मेराविरुद्ध जुन ढंगले हुँदै नभएको र गर्दै नगरेको काम जसरी आरोपित गर्ने काम भएको छ । जसरी प्रचार भएको छ । यसले नै देखिँदैछ, कसले गर्न खोज्दैछ भन्ने,” उनले भने, “मैले फेहरिस्त पनि सुनाइसकेँ । एकजना कर्मचारीमाथि अख्तियारले अनुसन्धान गर्दा विभागीय मन्त्रीले राजीनामा गर्ने हो भने एक वर्षमा यो देशमा कति मन्त्री चाहिएला रु कति हजार मन्त्री तयार हुनुपर्ने हो रु यो थिति ठिक हो रु यही थिति बसाल्न खोजिएको हो रु”

प्रकाशित मिति : २०८२ जेठ १४ गते बुधबार