२०८३ वैशाख ७ , सोमबार

राजावादी प्रदर्शनमा घुसपैठको आशंका : दुई जनामाथि कुटपिट



काठमाडौँ । राजावादी समूहहरूले काठमाडौँका रत्नपार्कमा गरेको विरोध प्रदर्शनका क्रममा  घुसपैठ गरेको आशंकामा दुई व्यक्तिमाथि कुटपिट भएको छ। प्रदर्शनमा सहभागी केही व्यक्तिहरूले उनीहरूलाई “एजेन्ट” को आरोप लगाउँदै सार्वजनिक रूपमा हातपात गरेका हुन्।

घटनापछि दुवै जनालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ। उनीहरूलाई भिडबाट सुरक्षित रुपमा बाहिर निकालिएको र हाल अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार