२०८३ वैशाख ७ , सोमबार

कर्मचारीको तलब बढेन, ५ हजार महँगी भत्ता



काठमाडौं । सरकारले महंगी भत्ता वृद्धि गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा कर्मचारीको महंगी भत्ता ५ हजार पुर्‍याइएको हो ।

नयाँ बजेटमा तलब भने बढाइएन । यसअघि २ हजार रहँदै आएको महँगी भत्तामा अहिले ३ हजार वृद्धि गरिएको हो ।

प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार