२०८३ वैशाख ५ , शनिबार

उपसभापति खड्का नीति अनुसंधान प्रतिष्ठानकाे प्रमुखमा मनाेनयन



   नेपाली कांग्रेसका उपसभापति पूर्णवहादुर खड्का नेपाली कांग्रेस नीति, अनुसंधान तथा प्रशिक्षण प्रतिष्ठानकाे प्रमुखमा मनाेनयन भएका छन्।
पार्टी सभापति शेरवहादुर देउवाले खड्कालाई उक्त प्रतिष्ठानकाे प्रमुखमा नियुक्त गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पाैडेलद्वारा आज जारी प्रेस विज्ञप्तिमार्फत जनाईएको छ।
विज्ञप्तिमा नेपाली कांग्रेसको विधानकाे धारा ३६ (१) क बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति खड्कालाई विधानकाे धारा (३६) र नेपाली कांग्रेसको नियमावली २०७६ काे नियम ३३ वमाेजिम नियुक्त गरिएको उल्लेख छ।

प्रकाशित मिति : २०७९ असार १० गते शुक्रबार