काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदमा नयाँ भर्नाका लागि माग गरिएको पद संख्या वृद्धि गरेको छ। पहिले माग गरिएको १,१६५ पदमा थप ६७७ पद थपिएसँगै अब कुल १,८४२ जनालाई प्रहरी जवान बन्ने अवसर प्राप्त हुने प्रहरीले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ।
प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवस्रोत विकास विभागले सार्वजनिक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नका लागि यो निर्णय गरिएको जनाएको छ । नयाँ संख्या अनुसार अब खुला प्रतिस्पर्धाबाट ९९३ जना छनोट गरिनेछन्।
यस्तै, समावेशी कोटामा आदिवासीरजनजातिका लागि २६०, मधेसीका लागि २२८, महिलाका लागि १६२, दलितका लागि १२२, पिछडिएको क्षेत्रका लागि ४० र अमर तथा अशक्त प्रहरी परिवारका लागि ३७ पद छुट्याइएको छ।

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रबार