२०८३ वैशाख ७ , सोमबार

धरौटी बुझाएर रिहा भएकाे केही समयमै फेरि पक्राउ परिन् अमला



काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोका काठमाडौं जिल्ला अदालतको आदेशअनुसार दुई लाख रुपैयाँ धरौटीमा रिहा भएकी थिइन्। तर धरौटी बुझाएर थुनामुक्त भएको केही समयमै उनी फेरि पक्राउ परेकी छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसएसपी होविन्द्र बोगटीका अनुसार अमला रोकाविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी मुद्दामा पनि अनुसन्धान आवश्यक भएकाले पुनः पक्राउ गरिएको हो। यसअघि उनी ठूलो परिमाणको सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेकी थिइन्।

प्रकाशित मिति : २०८२ असार ९ गते सोमबार