सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वितरण गर्ने खानेपानी आपूर्तिमा केही दिनदेखि समस्या उत्पन्न भएको छ। उपत्यकाका लगभग सबै स्किमहरुमा पानी आपूर्ति नहुँदा स्थानीयहरु आक्राेशित भएका छन्।
धेरैजसाे ठाउँमा हप्ता दिनभन्दा वढि समयदेखि धाराबाट पानी आएकाे छैन। खानेपानीमा ठूलो समस्या देखिएपछि संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बुधबार खानेपानीका मुहानहरुकाे अवलोकन गरेका छन। अवलोकनवाट फर्केका अध्यक्षले सामाजिक संजालमा मुहानका फाेटा र भिडियोहरु राख्दै पानी खानेपानी टंकीमा हाल्ने गुणस्तरकाे नभएको उल्लेख गरेका छन्। खानेपानी समस्या वारे खवरदृष्टिलाई प्रतिकृया दिदै अध्यक्ष देवकोटाले पानी निकै धमिलो र हिलाे भएको वताए। उनलेे वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ काे साेलिघाेप्टे मुहान ,वडा नं नम्बर १५ मा रहेको खहरेखाेलाकाे मुहानक्षेत्रभन्दा माथि डाेजर लगाइ सडक खनेकाले पानी अत्यधिक हिलाे भएको वताए छ।
उनलेे बिगत १ हप्तादेखि खानेपानीकाे मुहान क्षेत्रमा अबिरल बर्षा भएको र यसको कारण खाेलामा बाढी आइ हिलाे, लेदो पानीमा मिसिएकोले १,२,३,४,५,६,७,१० र स्किम नम्बर ९ काे केहि भागमा खानेपानी अवरुद्घ भएको जानकारी दिए। अध्यक्ष देवकोटाले कालिका मन्दिर पानी पाेखरीबाट संचालन हुने एरिया, वीननपा वडा नं नम्बर ५ काे सम्पूर्ण भाग र वडा नं ६ काे मुख्य बजारको पश्चिम तर्फकाे भाग, मंगलगढी गण्डकी लाइन रत्न राजमार्ग दक्षिण तर्फकाे भागमा बिगत ८ दिनदेखि खानेपानी सेवा पूर्णरूपले अबरुद्ध भएको वताए। संस्थाकाे अथक प्रयासका बाबजुद परिस्थिति कावु वाहिर गएकाे र यसलाई एउटा प्रकाेपकाे रूपमा ब्यहाेर्नु बाहेक अर्को उपाय गर्न नसकिएको भन्दै उनलेे लाचारी व्यक्त गरे।
प्राकृतिक प्रकाेपकाे याे अबस्थामा पनि अबिचलित भै पानी सुचारू गर्ने काममा संस्थाका पदाधिकारी र कर्मचारीहरु अहाेरात्र खटिएकाे जानकारी दिदै इत्राम खाेलाकाे मुहानबाट भने पानी सुचारू भैसकेको र खाेर्के खाेलाकाे मुहानबाट आंशिक रूपमा खानेपानी सेवा सुचारू गरी स्किम नम्बर ८ र ९ मा आंशिक रूपमा वुधवारदेखि नै खानेपानी सेवा सुचारू गरिएको देवकोटाकाे भनाइ छ। बाँकी स्किम क्षेत्रमासमेत बैकल्पिक उपाय अवलम्वन गरि तत्काल सेवा सुचारू गर्न आफुहरु लागिपरेकाे उनलेे वताए।
संस्थाले निरन्तर मर्मतसम्भारकाे कार्य जारी राख्दा पनि खानेपानीको सेवा सुचारू नभएकोमा यसबाट उपभोक्ता वर्गमा पर्न गएकाे असुबिधाप्रति अध्यक्ष देवकोटाले दुख व्यक्त गरेका छन्।