२०८३ वैशाख ७ , सोमबार
एसईई नतिजा

१ लाख ६७ हजार परीक्षार्थी फेल, १२६ जनाको परीक्षा रद्द



काठमाडौँ । यस वर्षको एसईईमा १ लाख ६७ हजार ५९७ परीक्षार्थी फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार राति प्रकाशित गरेको नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनामात्रै उत्तीर्ण भएका हुन् । बोर्डले ४ लाख ३८ हजार ८९६ जनाको नतिजा प्रकाशित गरेकाे हो ।

बोर्डका अनुसार उत्तीर्ण दर यो वर्ष ६१.८१ रहेको छ। यस्तै यस वर्षको एसईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको बताए ।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रबार