२०८३ वैशाख ५ , शनिबार

छिन्चुमा अबैध मल समातियाे



सुर्खेतको भेरिगंगा नगरपालिका, छिन्चु वजारवाट रुकुमतर्फ लिन लागिएको अवैध रासायनिक मल अाईतवार (अाज )साँझ वरामद भएको छ। छिन्चु वजारकाे मदानेचाैर नजिक भेटिएको ट्रकलाई छिन्चु प्रहरीले नियन्त्रणमा लिई अनुसंधान सुरु गरेकाे जनाएको छ।
स्थानीय निर्मला एग्राेभेटका संचालक दयाराम अर्यालकाे गाडीमा भेटिएको रासायनिक मल एग्राेभेट संचालक कै भएको छिन्चुका एक व्यक्तिले जानकारी दिए।
यसवारेमा बुझ्न खाेज्दा ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरिक्षकले गाडीमा ६४ वाेरा मल भेटिएको जानकारी दिए। “कुन माध्यमवाट कसरी अायाे भन्ने अनुसंधान गर्दैछाै, भेरिफाई भएपछि डिटेलमा जानकारी दिनेछाैं,” उनलेे भने।
तर, स्थानीयहरुले भने ठूलो मात्रामा मल वरामद भएको र मिलेमतोमा छाड्न खाेजिएकाे अाशंका व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०७९ साउन १ गते आइतबार