२०८३ वैशाख ४ , शुक्रबार
साउनको पहिलो दिन

देउती बज्यै मन्दिरमा बिहानैदेखि भक्तजनको भीड (तस्बिरहरू)



सुर्खेत । श्रावण महिनाको पहिलो दिन अर्थात् श्रावण सङ्क्रान्तिको अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित देउती बज्यै मन्दिरमा बिहानैबाट भक्तजनको भीड लागेको छ ।

भगवान शिवको आराधनाका लागि विशेष मानिने साउनमा भक्तजनहरू बिहानै देउती बज्यै मन्दिर पुगेका हुन् । साउनमा महिलाहरूले हरियो चुरा, माला र मेहन्दी लगाएर व्रत बस्ने गर्छन् । साउनको पहिलो सोमबार देउती बज्यैसहित देशभरका शिवालयमा अझ ठूलो भीड लाग्ने गरेको छ ।

May be an image of 2 people, crowd and templeMay be an image of 2 people, temple and crowd

प्रकाशित मिति : २०८२ साउन १ गते बिहीबार