२०८३ वैशाख ५ , शनिबार

दशैंसम्म सनलाईट दाना उद्योग संचालनमा आउने

२१ करोड लागत रहेको उद्योगलाई निर्देशनालयको डेढ करोड अनुदान


२१ कराेडकाे लागतमा सुर्खेतको वीरेन्द्रनगरमा दाना उद्योग संचालनकाे तयारी गरिएको छ। अागामी दशैं भित्र संचालनमा अाउनेअपेक्षा गरिएको उद्योगकाे पूर्वाधार निर्माणकाे काम धमाधम चलिरहेको छ। कर्णाली प्रदेशकै पहिलो र ठूलो दाना उद्योगबाट दैनिक सयौं गाडी दाना उत्पादन गर्न सकिने संचालक मध्येका एक डम्मर तिवारीले जानकारी दिए। प्रती घण्टा ५ टन दाना उत्पादन क्षमता भएको उद्योगवाट कुखुरा, बाख्रा, गाईवस्तु, पशुपन्छी अादिकाे चाराे ( दाना) कम्पनीवाट उत्पादन हुने तिवारीले जानकारी दिए।
ठूलो दाना उद्योग भएपनि भविष्यमा जग्गा अपर्याप्त हुनेसक्ने तिवारीकाे अाशंका छ। अहिले १३ कठ्ठा जमिनमा उद्योग स्थापना गरिने र भविष्यमा साँध सिमानाका जग्गा खरिद गरेर क्षेत्रफल कम हुन नदिने उनलेे प्रतिवद्धता जनाए। कम्पनी सुरु भएपछि ७० जना व्यक्तिलेहरु प्रत्यक्ष राेजगारी प्राप्त गर्नेछन् भने अ प्रत्यक्षरुपमा पनि सयाैं व्यक्तिहरुले राेजगारी र लाभ लिन सक्ने तिवारीकाे भनाइ छ। सनलाईट दाना उद्योग नामाकरण गरिएको उद्योगबाट उत्पादित दानाले कर्णाली प्रदेशभरिकाे वजार अाफुले लिने तिवारीकाे भनाइ छ। सुरुका महिनाहरुमा दैनिक ५ घण्टा जति मिल संचालन गरि दैनिक २५ टनकाे हाराहारीमा दाना उत्पादन हुने उनको भनाइ छ। उद्योगकाे काम सम्पन्न भएपछि दानाकाे कच्चापदार्थ संकलनमा ध्यान दिईने तिवारीकाे भनाइ छ।
वैंकहरुले लगानी बन्द गर्दा कच्चापदार्थ संकलनमा समस्या भैरहेकाे उनकाे भनाइ छ। सवै काराेवाराे नगदमा हुने भएकोले ठूलो मात्रामा कच्चापदार्थ संकलन गर्न कठिनाई उत्पन्न हुने देखिएकाे तिवारीले वताए। यस्तै पशुपन्छी विकास निर्देशनालयका अधिकृत माेहाेन गिरीले कर्णाली प्रदेशमा दाना उद्योगकाे अति अावश्यक्ता भएकोले निर्देशनालयबाट पनि उद्योगीलाई प्राेत्साहन हुनेगरी हालसम्म झण्डै डेढ कराेड रुपैयाँ अनुदान सहयोग गरिसकेको जानकारी दिए। गिरीले कर्णाली प्रदेशमा दैनिक झण्डै ६० गाडी दाना अायात भैरहेकाे जानकारी दिए। स्थानीय हिरादेवी लामीछाने र डम्मर तिवारीकाे संयुक्त लगानीमा संचालनमा अाउन लागेको दाना उद्योगले कर्णाली प्रदेशमा भैरहेकाे दाना अायातलाई केही कम गर्नसक्ने जानकारहरु वताउछँन्।
प्रकाशित मिति : २०७९ साउन १४ गते शनिबार