२०८३ वैशाख २६ , शनिबार

लामो खिचातानी पछि उपकुलपति सिंहको रोजाईका पौडेल रजिष्ट्रारमा नियुक्त



सुर्खेत १३ असोज

प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदमा आगामी ४ बर्षका लागि सुर्खेत स्थायी घर भएका डा. नारायणप्रसाद पौडेललाई नियुक्त गरेका छन् ।
सोझा र ईमान्दार भनेर चिनिने पौडेललाई रजिष्ट्रारमा ल्याउन उपकुलपति नन्दबहादुर सिंह खुलेर लागेका थिए । सत्तासिन दलका केही नेताहरु उनको विपक्षमा हुँदा पनि पौडेलले उपकुलपतिको विश्वास जितेर रजिष्ट्रार बन्न सफल भएका छन् ।
काठमाडौं विश्वविद्यालयमा १० वर्ष र वीरेन्द्रनगर बहुमूखी क्याम्पसमा ६ बर्ष प्राध्यापन गरेका पौडेलले भारत, थाईल्याड, स्वीट्जरल्यान्ड लगायतका देशहरुको भ्रमण समेत गरिसकेका छन् ।
मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’को निर्देशक पदमा रहि उक्त ‘फ्याकल्टी’लाई नयाँ उचाईमा पु¥याउन सफल पौडेललाई यही कामको आधारमा नियुक्त गरिएको छ ।
यसअघि उक्त विश्वविद्यालयको रजिष्ट्रार बनेका महेन्द्रकुमार मल्ल र उपकुलपति उपेन्द्र कोईरालाबिच असमझदारी बढेपछि रजिष्ट्रार मल्ललाई निलम्वन गरिएको थियो । निलम्वन अवधिमै उनको कार्यकाल समाप्त भईसकेको छ । मल्ल निलम्वनमा परेपछि विश्वविद्यालयको काम चलाउ रजिष्ट्रारमा यामबहादुर कार्कीले जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित मिति : २०७७ असोज १३ गते मंगलबार