
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) का विभिन्न जेलमा रहेका १२० नेपालीले आममाफी पाएका छन् । युएई सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ दिएको हो । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको जनाएको छ ।
दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो । त्यसो त अहिले मात्र होइन यसअघि पनि युएई लगायत खाडीका देशहरुले जेलमा रहेका विदेशी नागरिकहरुलाई आममाफी दिँदै आइरहेको थियो ।
प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार