
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले तीन हजार घुस (रिसवत) वापतको रकम सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार यातायात व्यवस्था कार्यालय सुर्खेतमा कार्यरत मेकानिकल ईन्जिनियर दिपक बम र सेवाग्राहीका तर्फबाट विचौलिया निरकबहादुर शाहीलाई घुस रकम सहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारले दिएको जानकारी अनुसार ईन्जिनियर बमले सेवाग्राहीसँग मिनिबसको ब्लूबुक नवीकरण, जाँचपास नवीकरण र रुटपरमिट नविकरणको लागि घुस मागेको आयोगले जनाएको छ ।
विचौलिया शाहीले मेकानिकल ईन्जिनियर बमलाई यातायात कार्यालय परिसरभित्र घुस वापतको रकम दिईसकेको अवस्थामा उक्त रकम सहित दुबै जनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति : २०७९ भदौ १० गते शुक्रबार