
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएपछि कर्णाली प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिने भएका छन् ।
प्रचण्डको ठाडो आदेशमा आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्ट र उर्जा मन्त्री गणेशप्रसाद सिंहले अवको एकदुई दिनभित्रै राजीनामा दिनेछन ।
प्रचण्डले संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई ठाडो आदेश दिदै दुइ मन्त्रीलाई राजीनामा दिन लगाएर जाजरकोटका कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई मन्त्री बनाउन भनेका थिए ।
शक्ति बस्नेत निकट विन्दमान विष्टलाई हटाउन जनार्दन शर्माले भूमिका खेलेको माओवादी निकट श्रोतले वतायो ।
एकमहिना अघि नै विष्टलाई हटाउने योजना भएपनि बस्नेतले नहटाउन कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्र शाहीलाई दवाव दिएका थिए । केही दिन टारेपनि जनार्दनको अघि उनको केही नचलेको श्रोतले वतायो ।
विष्ट माओवादी पार्टीभित्र लोकप्रिय नेताका रुपमा चिनिन्छन् । माओवादी पार्टी देशभर कमजोर बन्दै गएपनि सुर्खेत जस्तो ठाउँमा उनले संगठनलाई कमजोर बन्न दिएका थिएनन् ।
संगठनमा उनको प्रभाव बढ्दै गईरहेको आँकलन गर्दै चुनावको मुखमा उनलाई मन्त्रीबाट फिर्ता बोलाईएको उनी निकट एक कार्यकर्ता बताउँछन् ।