
कैलाली । अनलाइन टिभी पत्रकार सङ्घ, कैलालीको अध्यक्षमा भरत साउँद ‘आलोक’ निर्विरोध निर्वाचित भएका छन् । न्युज सेभेन टिभी प्रालिका सञ्चालक साउँद सङ्घको चिसापानीमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनले उनको नेतृत्वमा नौ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिमा उपाध्यक्षमा रमेश एडी, सचिवमा रमित पाण्डे, कोषाध्यक्षमा मञ्जु भण्डारी र सह–सचिवमा तिलक राज ढुङ्गाना छन् । त्यस्तै, समावेशी सदस्यतामा प्रेम विक र सागर चौधरी, खुला सदस्यतामा गणेश विष्ट र यज्ञराज अवस्थी चयन भएका छन् ।
सङ्घको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दीपक रावललाई दिइएको छ भने सदस्यमा भरत रिमाल रहेका छन् । अध्यक्ष आलोकले आफ्नो कार्यकालमा पत्रकारहरूको पेसागत अधिकार, सीप विकास र अनलाइन पत्रकारिताको मर्यादा तथा आचारसंहिता पालनामा सङ्घले विशेष प्राथमिकता दिने बताएका छन् ।