
नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश ईन्चार्ज यमलाल कँडेलले अविरल बर्षाका कारण प्रभावित जनताको उद्धार र राहतमा जुट्न एमाले पार्टीका कार्यकर्तालाई आग्रह गरेका छन् ।
शनिबार फेसबुक स्टाटस लेख्दै कँडेलले सामाजिक संजाल फेसबुक मार्फत उद्धार र राहतमा ध्यान दिन आग्रह गरेका हुन ।
कँडेलले भाद्र ३१ देखि आएको अबिरल बर्षाका कारण बाढी र पहिरोले सुर्खेतको बराह,पन्चपुरी र चौकुने पालिकाका बासिन्दाहरुलाई धेरै प्रभावित गरेको अबस्था र यसका कारण ठूलो संख्यामा घरपरिबार बिस्थापित भएकोमा दुःख प्रकट गरेका छन् ।
उनले प्रभावित क्षेत्रको सडक अबरुद्ध भएको र जनताहरू सार्वजनिक स्थलमा बस्नु पर्ने परिस्थिति आएको उल्लेख गर्दै तीनै तहका सरकारले पीडित जनतालाई राहत अनुभुती हुनेगरी समयमा नै प्रभाबकारी भुमिका निर्बाह गर्न अनुरोध गरेका छन् । नेता कँडेलले त्यस क्षेत्रमा रहेका नेकपा एमालेका नेता कार्यकर्ताहरूलाई राहत तथा उद्दार कार्यमा जुटन समेत निर्देशन गरेका छन् ।