काठमाडौं । नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षका लागि १४ जनाको आवेदन परेको छ । प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सात दिनको समय राखेर आवेदन आह्वान गरेको थियो ।
निर्धारित समयमा १४ जनाले दरखास्त आवेदन दिएको सिफारिस समितिले जनाएको छ । समितिका अनुसार ललितपुरका घनश्याम बुढाथोकी, काठमाडौंका विक्रान्त पाण्डे, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, चिन्तामणी शिवाकोटी, डा. राजेन्द्र पण्डित र रमेश कुमार भट्टराई, भक्तपुरका पारस काफ्ले र महेश्वर न्यौपानेको आवेदन परेको छ ।
यसैगरी, कास्कीका डा. दामोदर बसौला, झापाका ज्ञानेन्द्र अधिकारी, मोरङका देव कुमार ढकाल, लमजुङका प्राडा. दिपक बहादुर भण्डारी र दाङका यज्ञ प्रसाद न्यौपानेको आवेदन परेको छ । प्राधिकरणका अध्यक्ष शरद ओझालाई सरकारले हटाएपछि नयाँ अध्यक्ष चयन गर्न लागिएको हो ।
प्रकाशित मिति : २०८२ भदौ २१ गते शनिबार