२०८३ वैशाख ४ , शुक्रबार

नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी



काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर अहिले दिउँसो साढे १२ बजेदेखि लागू हुने गरी राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

अहिले नयाँ बानेश्वर क्षेत्रमा जेन-जीले प्रदर्शन गरिरहेका छन् । केही प्रदर्शनकारीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्रै छिरेका छन् । प्रर्दशनककारीहरू संसद् भवनभित्र छिरेपछि प्रहरीले हवाई फायर गरेको छ ।

प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार