
काठमाडौं । जेन जीको आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले चलाएको रबरको गोली लाग्दा पत्रकार घाइते भएका छन् । ‘नयाँ पत्रिका’का फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई रबरको गोली लागेपछि तत्कालै उपचारका लागि अस्पताल पुर्याइएको छ ।
यस्तै, नेपाल प्रेसका उमेश कार्कीलाई समेत गोलीको छर्रा लागेर सामान्य चोट लागेको छ । उनले आन्दोलनमा सहभागी केही युवाहरूसमेत रबरको गोली लागेर घाइते भएको जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार