२०८३ वैशाख ४ , शुक्रबार

एमाले युवाहरुको पार्टी हो : महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पारेका छन् । एमालेका केन्द्रीय विभागको बैठकलाई आज सम्बोधन गर्दै उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताए । महासचिव पोखरेलले एमालेले जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गरेको उल्लेख गरे । सोही क्रममा जेनजी प्रदर्शनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

एमालेले असोज ३ गते संविधान दिवस मनाउने तयारीका लागि पार्टीको विभागीय बैठक राखेको थियो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आगामी असोज ३ गते संविधान दिवस भव्यतापूर्वक मनाउने जानकारी दिए । महासचिव पोखरेलले परिपत्र गर्दै संविधान दिवस भव्यताका साथ मनाउन प्रदेश कमिटी र जिल्ला कमिटी अध्यक्षलाई निर्देशन दिइसकेका छन् ।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधबार