
जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जुम्लाका अध्यक्ष, उपाध्यक्षसहित ४ जनालाई कारबाही गरेको छ। बुधबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय अनुशासन समितिको सिफारिसमा जुम्ला अध्यक्ष बेदबहादुर शाही, उपाध्यक्षद्वय विमल शाही, कालीबहादुर महत र कर्णाली प्रदेश सदस्य मनसुर सुनारलाई १ वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
प्रकाशित मिति : २०८२ असोज २९ गते बुधबार