
गोकर्णमणि दवाडी
काठमाडौँ । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहसचिव एवं योजना आयोगका सचिव गोकर्णमणि दवाडीलाई उपत्यका बाहिर जान नपाउने गरी लगाइएको रोक खुला गरेको छ । शुक्रबार आयोगले एक पटकमा ७ दिनका लागि उपत्यका छाड्न अनुमति दिने निर्णय भएको प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।
त्यस्तै, जुनसुकै बेला बयानमा बोलाउन सक्ने पनि आयोगले भनेको छ । हाल राष्ट्रिय योजना आयोगको सचिव रहेका दुवाडीले कामको शिलशिलामा उपत्यका बाहिर जान अनुमति माग्दै बिहीबार आयोगमा निवेदन दिएका थिए । आयोगले क्षतिको मूल्यांकन गर्न सातै प्रदेशमा जानुपर्ने भएकाले दवाडीको हकमा खुला गरिएको र विदेश भने जान नपाउने विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति : २०८२ असोज ३१ गते शुक्रबार