
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले नै पदबाट राजीनामा नदिने बताएका छन् । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो काँधमा जिम्मेवारी भएको भन्दै त्यो पूरा नगरी राजीनामा नदिने बताएका हुन् । आफ्नो राजीनामाबारे महाधिवेशनमा छलफल गर्ने पनि उनले बताएका छन् । उनले राजीनामाबारे महाधिवेशन प्रतिनिधिले फैसला गर्ने पनि उल्लेख गरे ।
‘केही साथीले राजीनामा माग्नुभाछ । मसँग माग्नु भाको होइन, माइकमा सोधेको थिए,’ ओलीले भने, ‘५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ । मेरो काँधमा जिम्मेवारी छ । त्यो पूरा नगरी छाड्दिनँ ।’ ओलीले भने, ‘मेरो राजीनामा महाधिवेशनमा छलफल गरौंला । प्रतिनिधिहरूसँग फैसला मागौंला । पार्टीलाई तिक्तताका साथ अघि नबढाऔं । मित्रताका साथ जाऔं ।’
प्रकाशित मिति : २०८२ असोज ३१ गते शुक्रबार