२०८३ वैशाख ३ , बिहीबार

गाईघाटमा एकै पटक ७ वटा गाडी ठोक्किएपछि…..



काठमाडाैँ । मुग्लिन–नारायणघाट सडक खण्डअन्तर्गत चितवनको गाईघाट क्षेत्रमा सात वटा गाडीहरु एक आपसमा ठोक्किएका छन् । बिहान साढे ७ बजेतिर सुरुमा बा ४ ख ७४२० नम्बरको यात्रु वहाक बस र ना ८ ख ६६२९ नम्बरको ट्रक एकआपसमा ठोक्किन पुगेका हुन् ।

त्यसपछि रहेका सवारी साधन एक पछि दोस्रो गर्दै ठोक्किँएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रविन्द्र खनालले जानकारी दिए । एकै पटक सातवटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा १९ जना घाइते समेत भएका छन् । घाइतेको यकिन सङ्ख्या आइनसकेको र यो सङ्ख्या अझै बढ्न सक्ने बताइएकाे छ । क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

May be an image of textMay be an image of ambulance, motorcycle and text

प्रकाशित मिति : २०८२ कात्तिक १ गते शनिबार