२०८३ वैशाख ३ , बिहीबार

सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्री सुशीला कार्कीको छलफल सुरु



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीचको छलफल सुरु भएको छ ।  प्रधानमन्त्रीको आह्वानमा सातै प्रदेशका मुख्यमन्त्रीसँगको छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद कायम गर्न र सहकार्य थप सघन बनाउन प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई छलफल गर्न बोलाएकी थिइन् ।

छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहेकाे छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार