२०८३ वैशाख ३ , बिहीबार

मत्स्यपालन तालिममा सहभागी हुन शिवालय गाउँपालिकाको आह्वान



समाचार सारांश
Generated Using AI
  • शिवालय गाउँपालिकाले मत्स्यपालन तालिमका लागि आवेदन खुला गर्‍यो।
  • इच्छुकले कात्तिक २२ भित्र आवेदन दिन सक्ने।
  • तालिम दुई दिनसम्म सञ्चालन हुने।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

जाजरकोट । जाजरकाेटकाे शिवालय गाउँपालिकाले व्यावसायिक मत्स्यपालन सम्बन्धी दुई दिने तालिममा सहभागी हुन इच्छुक किसानका लागि आवेदन खुला गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिकास्तरिय तालिम सञ्चालन गर्न लागेको हो। साे तालिममा लगनशील मत्स्यपालक तथा मत्स्यपालन व्यवसायमा रुचि राख्ने कृषकहरूलाई सहभागिताको अवसर प्रदान गरिने गाउँपालिकाले जनाएको छ।

कार्यालयले आइतवार एक सूचना जारी गर्दै पालिकाको ९ वटै वडाबाट इच्छुकले कात्तिक २२ गतेसम्म आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाएको छ। आवेदन गाउँपालिकाको पशुपन्छी विकास शाखामा तोकिएको ढाँचामा पेश गर्नुपर्ने र सोसँगै नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा बुझाउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार