समाचार सारांश
Generated Using AI
- सुर्खेतको वीरेन्द्रनगरमा लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् ।
- पक्राउ परेका मध्ये एकजनाले वीरेन्द्रनगर–८ स्थित विसाउने चौतारी क्याफे सञ्चालन गर्दै आएका थिए ।
- उनीहरुको साथबाट १५ ग्राम ९० मिलिग्राम ब्राउनसुगर, एक लाख ७१ हजार ३ सय ३० रुपैयाँ नगद बरामद गरिएको छ ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर–५ का २८ वर्षीय हिमाल आले, वीरेन्द्रनगर–४ का २६ वर्षीय सरोज ढकाल र वीरेन्द्रनगर–९ का ४७ वर्षीय प्रेम गुरुङ रहेका छन् । पक्राउ परेका मध्ये हिमाल आलेले वीरेन्द्रनगर–८ स्थित विसाउने चौतारी क्याफे सञ्चालन गर्दै आएका थिए ।
उनीहरुको साथबाट प्रहरीले १५ ग्राम ९० मिलिग्राम ब्राउनसुगर, नगद एक लाख ७१ हजार तीन सय ३० रुपैयाँ, दुई थान कैँची र एक थान प्लास्टिकको टुक्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ कात्तिक १८ गते मंगलबार