जनकपुरधाम । नेकपा माओवादी केन्द्रका सांसद रहबर अन्सारीले मधेश प्रदेश सभामा आफैं मोसो दलेर संसदलाई सम्बोधन गरेका छन् । मधेश प्रदेश सभामा रोस्टमबाट बोल्दै उनले आफ्नो अनुहारमा आफैं मोसो दलेका हुन् ।
मुख्यमन्त्री जितेन्द्र सोनाले आज विश्वासको मत लिइरहेको बेला अन्तिममा उनले समय मागेर बोले । त्यस क्रममा सभामुख रामचन्द्र मण्डलले उनको माइक काटेपछि उनले मोसो दलेका हुन् ।
‘आज सार्वजनिक अपराध स्वीकार गर्न आएको छु । म पक्ष र विपक्ष कुनैमा मतदान गर्दिनँ । कुनै पनि पार्टीको कुरा मान्दिनँ,’ उनले अनुहारमा मोसो लगाउँदै भने ।
‘मधेशका ६४ लाख जनताको अवस्था के छ ?’ सदनमा प्रश्न गर्दै उनले भने, ‘जेन–जी आन्दोलनले व्यवस्था बदलियो तर अवस्था बदलिएन ।’
प्रकाशित मिति : २०८२ कात्तिक २२ गते शनिबार