समाचार सारांश
- रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्ट ले केन्द्रीय विभागीय सदस्य र सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकेको छ ।
- संगठनलाई सुदृढ र प्रभावकारी बनाउन विभागीय र प्रदेश संरचना विस्तार गरिएको हो ।
- २३ र २४ गते भएको जेनजी विद्रोहलाई संस्थागत गर्न र राज्यसँग सम्झौता गर्ने एजेन्डा एकीकृत गर्न फ्रन्ट सक्रिय रहेको जनाएको छ ।
काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्ट ले संगठन सुदृढीकरणका लागि केन्द्रीय विभागीय सदस्य र सातै प्रदेशमा सम्पर्क व्यक्तिहरू तोकेको छ । फ्रन्टको केन्द्रीय संयोजन समितिको निर्णयअनुसार विभागीय समिति तथा प्रदेशस्तरमा सम्पर्क व्यक्ति तोकिएको हो ।
फ्रन्टले देशभर २३ र २४ गते भएको जेनजी विद्रोह लाई संस्थागत गर्न र राज्यसँग सम्झौता गर्ने एजेन्डा एकीकृत गर्न सक्रिय रहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचार, कुशासन र डिजिटल निरङ्कुशताको विरुद्धमा, तथा सुशासन, पारदर्शिता, जबाफदेहिता र डिजिटल अभिव्यक्ति स्वतन्त्रताको पक्षमा भएको यो विद्रोहसँग जोडिएका सबै व्यक्ति, समूह, सङ्घ–सङ्गठन र शुभेच्छुक नागरिकलाई सङ्गठित र एकताबद्ध गराउने योजनाका साथ फ्रन्ट अगाडि बढिरहेको छ ।”
फ्रन्टले आफ्नो अभियानमा सहभागी हुन इच्छुक जेनजी, युवा, विद्यार्थी तथा नागरिकलाई तोकिएका सम्पर्क व्यक्तिहरूमार्फत जोडिन आग्रह गरेको छ ।
तोकिएका केन्द्रीय विभागीय सदस्यहरू :
-
जनसम्पर्क समिति – रितु खड्का
-
अभियान समिति – अमृता बन
-
सूचना प्रविधि समिति – संविधान प्रसाईँ
प्रदेश सम्पर्क व्यक्ति :
-
कोशी – रोहन दंगाल
-
मधेश – मो. नजरे आलम
-
बागमती – सचिन चापागाईँ
-
गण्डकी – साबिज मिया
-
लुम्बिनी – सौरभ न्यौपाने
-
कर्णाली – विनीता बोगटी
-
सुदूरपश्चिम – नवीन विष्ट