२०८३ वैशाख ३ , बिहीबार

क्लाउडफ्लेयर डाउन हुँदा नेपालसहित विश्वभर हजारौँ वेबसाइट प्रभावित



समाचार सारांश
Generated Using AI
  • मंगलबार करिब ५ बजेदेखि नेपालका प्रमुख वेबसाइटहरूमा पहुँच समस्या सुरु।
  • एक्स, च्याटजीपीटी, स्पोटिफाईसहित हजारौँ अन्तर्राष्ट्रिय सेवा प्रभावित।
  • क्लाउडफ्लेयरले ताहितीस्थित ‘PPT’ डेटा सेन्टरमा मर्मत कार्य भइरहेको जानकारी दियो।
  • समस्या पहिचान र समाधानमा क्लाउडफ्लेयरको टोली जुटिरहेको जानकारी।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

सुर्खेत । क्लाउडफ्लेयरमा उत्पन्न भएको प्राविधिक समस्याका कारण नेपालसहित विश्वभरका हजारौँ वेबसाइट प्रभावित भएका छन्। मंगलबार अपराह्न करिब ५ बजेदेखि नेपाली समाचार साइटलगायत सामाजिक सञ्जाल एक्स, च्याटजीपीटी, स्पोटिफाईजस्ता सेवामा पहुँच समस्या देखिएको हो।

क्लाउडफ्लेयरले ताहितीस्थित ‘PPT Tahiti’ डेटा सेन्टरमा भइरहेको मर्मत कार्यका कारण ट्राफिक रिराउट गर्दा ल्याटेन्सी बढेको र साइटहरू ढिलो खुल्ने समस्या आएको जनाएको छ। मर्मतको समय नेपाली समयअनुसार बेलुकी ९ बजेसम्म तोकिएको थियो।

हाल समस्या पहिचान र समाधानमा काम भइरहेको कम्पनीले जानकारी दिएको छ। सरल भाषामा बुझ्दा क्लाउडफेयर वेबसाइटहरूको महत्त्वपूर्ण पूर्वाधार प्रदायक हो । यसले वेबसाइटलाई सुरक्षा गर्ने, छिटो बनाउने र सधैं अनलाइन राख्ने काम गर्छ ।

प्रकाशित मिति : २०८२ मंसिर २ गते मंगलबार