२०८३ वैशाख ३ , बिहीबार

इलाका प्रशासन कार्यालय चंखेलीमा रोकिएका सेवा पुनः सुचारु हुने



समाचार सारांश
Generated Using AI
  • इलाका प्रशासन कार्यालय चंखेलीमा कार्यालय प्रमुख रिक्त हुँदा नागरिकता लगायतका सेवा केही समयदेखि अवरुद्ध रहेका थिए।
  • गृह मन्त्रालयको समन्वयमा नयाँ कार्यालय प्रमुखको व्यवस्था भएपछि मंसिर ४ गतेदेखि सेवा पुनः सुचारु हुने भएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

जाजरकोट । इलाका प्रशासन कार्यालय चंखेलीमा केही समयदेखि कार्यालय प्रमुख रिक्त हुँदा रोकिएको नागरिकता लगायतका सेवा पुनः सुचारु हुने भएको छ। गृह मन्त्रालयको समन्वयमा नयाँ कार्यालय प्रमुखको व्यवस्था भइसकेपछि आगामी मंसिर ४ गतेदेखि सो कार्यालयबाट नागरिकता तथा अन्य प्रशासनिक सेवा प्रदान गर्न थालिने जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ।

जिल्ला प्रशासनका अनुसार चंखेली क्षेत्रभित्र पर्ने वडाहरूले नागरिकता तथा अन्य सिफारिसका पत्रहरू देहाय अनुसार नै पठाउन सूचना जारी गरिएको छ। यसअघि विभिन्न मितिमा अनलाइन प्रणालीमार्फत पठाइएका सिफारिस सम्बन्धी पत्रअनुसार अबदेखि चंखेली कार्यालयलाई नै सम्बोधन गरी सिफारिस पठाउन आग्रह गरिएको हो।

अनलाइन प्रणाली प्रयोग गर्न थालेका वडाहरूमा सिस्टममा समस्या आएमा वा अन्य कठिनाइ भएमा अफलाइन वा हार्डकपीमार्फत पनि नागरिकता प्रदानका काममा सहजीकरण गरिने प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले जानकारी दिए।

May be an image of text

प्रकाशित मिति : २०८२ मंसिर २ गते मंगलबार