२०८३ वैशाख ३ , बिहीबार

पूर्णबहादुर खड्कालाई नेपाली लेखक संघको ज्ञापनपत्र



काठमाडौं । नेपाली कांग्रेसले शान्तिको भावनालाई आचारसंहिता बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाली लेखक संघले आज कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ११ बुँदे ज्ञापनपत्र बुझाउँदै कांग्रेसलाई परिश्रमी, मितव्ययीता, आत्मानुशासन, इमान्दारिता कार्यान्वयन गर्ने पार्टीका रूपमा विकास गर्नुपर्ने माग गरिएको हो ।

संघमा आबद्ध साहित्यकार तथा लेखकका तर्फबाट बुझाइएको ज्ञापनपत्रमा कांग्रेसले लिनुपर्ने नीति र नेता कार्यकर्ताले पालना गर्नुपर्ने आचारसंहिताको प्रस्ताव गरिएको हो । साथै संविधानसभाबाट २०७२ सालमा जारी भएको नेपालको संविधान परिमार्जनसहित लागू गरेर यसको आयु बढाउन पनि सुझाव दिइएको सङ्घका सचिव नारायण सापकोटाले जानकारी दिए ।

संघले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरेर लैजान पनि सुझाव दिएको उनले बताए । संघले अध्ययन र अनुसन्धानलाई अनिवार्य सर्तका रूपमा अघि बढाउँदै बौद्धिक क्षेत्रलाई राजनीतिक प्रभावबाट बाहिर राख्न सुझाव दिएको छ । ‘अध्ययन, अनुसन्धान, नवप्रवर्तन र वैज्ञानिक खोजमा ध्यान दिएर अगाडि बढ्नुपर्ने, देशमा पर्याप्त सङ्ख्यामा बौद्धिक, अनुसन्धानकर्ता, वैज्ञानिक तथा कृषि वैज्ञानिक निर्माण गर्नुपर्ने जरुरी छ,ु सुझावमा भनिएको छ, ‘प्राज्ञिक, बौद्धिक, न्यायिक र प्रशासनिक क्षेत्र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ ।’

प्रकाशित मिति : २०८२ मंसिर ५ गते शुक्रबार