सुर्खेत । केही दिनयता सुर्खेतसहित देशभर चिसो द्रुत गतिमा बढिरहेको छ। यसै क्रममा आज (आइतबार) बिहान जुम्लामा न्यूनतम तापक्रम झन्डै माइनस ५ डिग्री सेल्सियसमा झरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको विवरणअनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस छ।
यस्तै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियसमा ओर्लिएको छ। यसअघि शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस थियो भने एक दिनमै स्वाट्टै घटेर शनिबार ८.५ डिग्रीमा सेल्सियसमा झरेको थियो। आज यसबाट पनि तल पुगेको हो।
यस्तो छ मौसम महाशाखाले अहिलेसम्म उपलब्ध गराएको तापक्रम विवरण:

प्रकाशित मिति : २०८२ मंसिर ७ गते आइतबार