२०८३ वैशाख ३ , बिहीबार

आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ



महोत्तरी । महोत्तरीमा ७० वर्षीय बुबाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। भदौ २४ गते घरायसी विवादका क्रममा महोत्तरी गाउँपालिका–३, मडैकाका २६ वर्षीय अजयकुमार ठाकुरले आफ्नै बुबा जोगेन्द्र ठाकुरमाथि घरायसी हतियार प्रयोग गरी आक्रमण गरेको प्रहरीले जनाएको छ।

घाइते जोगेन्द्र ठाकुरको उपचारको क्रममा सोही दिन साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ। घटनापछि फरार रहेका अजयलाई प्रहरीले शुक्रबार राति जलेश्वर नगरपालिका–१२, थरुवाहीबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्रकुमार भट्टले बताए। अजयलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ मंसिर ७ गते आइतबार