२०८३ वैशाख ३ , बिहीबार

पत्रकार तथा निर्माता दीपेन्द्र खनियाँ मृत फेला



काठमाडौं । पत्रकार तथा रेडियो–अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत अवस्थामा फेला परेका छन्। आइतबार दिउँसो काठमाडौं महानगरपालिका–१०, बानेश्वरस्थित आफ्नै घरमा उनी झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार खनियाँको शव फेला परेपछि मुचुल्का तयार गर्ने प्रक्रिया जारी छ। खनियाँ ‘रेडियो–अडियो’ मिडियाका सञ्चालकसँगै फिल्म ‘छक्का पन्जा ५’ का निर्माता समेत हुन् । उनी परिवारसँगै बस्दै आएका खनियाँको मृत्युको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान सुरू गरेको जनाएको छ।

प्रकाशित मिति : २०८२ मंसिर ७ गते आइतबार