२०८३ वैशाख ३ , बिहीबार

त्रिवेणी गाउँपालिकामा ९७ प्रतिशत घरधुरीमा बिजुली



समाचार सारांश
Generated Using AI
  • रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा करिब ९७ प्रतिशत घरधुरीमा विद्युतिकरण पूरा।
  • अध्यक्ष गणेश कुमार केसीका अनुसार विद्युतिकरणलाई पहिलो प्राथमिकता बनाएर काम गरिएको।
  • साढे तीन वर्षमा ८ वटा वडा भवन निर्माण सम्पन्न।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

सुर्खेत । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा करिब ९७ प्रतिशत घरधुरीमा विद्युतिकरण पूरा भएको छ। गाउँपालिकाका अध्यक्ष गणेश कुमार केसीका अनुसार आफू निर्वाचित भएयता विद्युतिकरणलाई पहिलो प्राथमिकतामा राख्दै अधिकांश घरधुरीमा उज्यालो पु¥याउन सफल भएको बताए। साढे तीन वर्षको कार्यकालमा ८ वटा वडाका भवन र ४१ वटा विद्यालयका पक्की भवन निर्माण गर्न सफल भएको अध्यक्ष केसीको दाबी छ ।

उनका अनुसार ‘एक वडा–एक स्वास्थ्य चौकी’ कार्यक्रमअन्तर्गत १० वटै वडामा स्वास्थ्य चौकी निर्माण गरी सञ्चालनमा ल्याइएको छ। सडक पहुँच विस्तारमा पनि पालिकाले उल्लेखनीय प्रगति गरेको अध्यक्ष केसीले बताए। उनका अनुसार सबै वडामा सडक पु¥याइसकिएको छ। यस्तै गाउँपालिकामा आउने बिरामीहरुलाई भिडिओ तथा साधा एक्सरे मेसिनबाट उपचार तथा चेकजाँच गर्ने गरिएको अध्यक्ष केसीले बताए ।

उनले यस अघि निवार्चित जनप्रतिनिधिले प्रशासनिक भवनको लागि टेन्डर खुलाएको भएपनि भवन निर्माण हुन नसकेकोमा हाल आफुले निर्माण गरेर सो भवनबाट सेवा दिइरहेको बताए । पालिकामा निर्माणाधीन अस्पताल भवनको काम असारभित्र सक्ने लक्ष्यसहित तीव्रगतिमा अघि बढिरहेको समेत बताए।

प्रकाशित मिति : २०८२ मंसिर ७ गते आइतबार