२०८३ वैशाख ३ , बिहीबार

ठाटीकाँधमा १० विद्यालयमा पक्की भवन निर्माण



दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाले १० वटा विद्यालयका पक्की भवन निर्माण गरेको छ। गाउँपालिका उपाध्यक्ष देविराम बढुवालका अनुसार आफूहरू निर्वाचित भएको समयदेखि भवनविहीन विद्यालयलाई प्राथमिकता दिँदै पक्की संरचना निर्माण सम्पन्न गरिएको हो।

उपाध्यक्ष बढुवालले महिला तथा बालबालिकाको सुरक्षा तथा संरक्षणका लागि करिब १० लाख रुपैयाँ बजेट विनियोजन गरी विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याइएको जानकारी दिए। साथै गाउँपालिकाले पूर्वाधार विकासमा पनि विशेष ध्यान दिएको उपाध्यक्ष बढुवालले बताए। उनका अनुसार मटेला–बागवन–माझघर गाउँ सडक र अधिकारी–स्याउलेकाँध सडकखण्डको स्तरोन्नति कार्य अघि बढाइएको छ।

विद्यालयमा देखिएको शिक्षक अभाव समाधानका लागि करिब ९० जना शिक्षकलाई अनुदानमा राखेर शैक्षिक सत्र सहज बनाइएको गाउँपालिकाले जनाएको छ। पक्की भवन निर्माण, सेवा–सुविधा विस्तार तथा शिक्षा र पूर्वाधार विकासका कामले स्थानीयवासीले प्रत्यक्ष लाभ लिन थालेकाे उपाध्यक्ष बढुवालले दाबी गरे।

प्रकाशित मिति : २०८२ मंसिर ८ गते सोमबार