२०८३ वैशाख ३ , बिहीबार

भेरीगंगामा खोरेत रोग विरुद्ध खोप अभियान सुरु



समाचार सारांश
Generated Using AI
  • सुर्खेतको भेरीगंगा नगरपालिकामा खोरेत रोग विरुद्ध खोप अभियान सुरु।
  • भेरीगंगामा दुग्ध तथा पशुपालन व्यवसाय बढ्दै गएपछि खोरेतमुक्त क्षेत्र बनाउन खोप अभियान सुरु भएकाे हाे ।
  • पशु विकास अधिकृत भोज प्रसाद चपाईका अनुसार प्राविधिकहरू घरघरमै पुगेर खोप सेवा उपलब्ध गराइने।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

सुर्खेत । पशुमा लाग्ने खोरेत रोग नियन्त्रणका लागि भेरीगंगा नगरपालिकामा खोरेत विरुद्ध खोप अभियान सुरु गरिएको छ । बिहीवार कृषि विकास निर्देशनालय, पशुपन्छी विकास निर्देशनालय, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र भेरीगंगा नगरपालिकाको संयुक्त आयोजनामा नगरप्रमुख यज्ञ प्रसाद ढकालले अभियानको उद्घाटन गर्दै औपचारिक रूपमा खोप कार्यक्रम प्रारम्भ गरेका हुन् ।

भेरीगंगामा पशुपालन तथा दूध/दुग्धजन्य उत्पादन व्यावसायिक रूपमा विस्तार भएपछि खोरेत मुक्त क्षेत्र बनाउनु अत्यावश्यक भएकाले खोप अभियान सुरु गरिएको पशु विकास अधिकृत भोज प्रसाद चपाईले बताए । ‘यहाँ उत्पादित हुने घिउ, छुर्पी, दूध सहित मासु जन्य पदार्थ विदेशी बजारमा पठाउन सकिन्छ । त्यसैले भेरीगंगालाई खोरेत मुक्त बनाउन हामी सबै लाग्न जरुरी छ । त्यसैले हाीले आजदेखि खोप अभियान सुरु गरेका छौ ।,’

उनका अनुसार पशु प्राविधिकहरू किसानको घरमै पुगेर खोप सेवा प्रदान गर्दैछन् । करिब २ महिनासम्म सञ्चालन हुने यो अभियानअन्तर्गत गाई, भैँसी, बाख्रा, भेडा लगायतका जनावारहरुमा यो खोप दिइने उनको भनाई छ । चपाईका अनुसार खोरेत रोग लागेका पशुहरूलाई ज्वरो, मुख तथा थुन वरिपरि फोका, खुरको कापमा घाउ, खान रुचि खट्नु, खान नसक्नु, झोक्राउनु, झुसिलो देखिनु, मुखबाट ¥याल काढ्नु लगायतका लक्षण देखापर्ने गरेका छन् ।

खासगरी खोरेत रोग सिधा सम्पर्क, हावामा फैलिएका जनावरको श्वासप्रश्वास, दुध, वीर्य, दानामा प्रयोग भएको सङ्क्रमित एनिमल प्रोटिनका स्रोतहरूबाट फैलिने गरेको पशु प्राविधिकहरूको भनाइ छ ।गाई, भैँसी, बाख्रा, भेडा लगायतका जनावरहरूलाई खोप दिइने छ ।

प्रकाशित मिति : २०८२ मंसिर ११ गते बिहीबार