२०८३ वैशाख ३ , बिहीबार

दुल्लु नगरपालिकाद्वारा १७० जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग



दैलेख । दैलेखको दुल्लु नगरपालिकाले ‘जनतासँग नगर प्रमुख’ कार्यक्रमअन्तर्गत करिब १५ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ। नगर प्रमुख भरत प्रसाद रिजालका अनुसार आर्थिक रूपमा कमजोर, जेहेन्दार, दलित तथा जनजाति समुदायका करिब १७० विद्यार्थीलाई झोला, ड्रेस, स्टेसनरी तथा अन्य आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको हो।

सामग्री वितरण कार्यक्रममा उपप्रमुख विना कार्की, प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बुढा (क्षेत्री) शिक्षा शाखा प्रमुख विकास जंग शाही, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकहरूको उपस्थितिमा रहेको थियो। नगरपालिकाले जिम्मेवारी बोध गरिएका र अत्यन्तै विपन्न विद्यार्थीहरूलाई आवश्यकताका आधारमा सामाग्री सहयोग गरिएको जनाएको छ।

यससँगै नगरपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि सोमवारदेखि सुचारु भएको छ। अभियान अन्तर्गत स्थानीय तहका विद्यालय, समुदाय तथा महिला समूहहरूसँग समन्वय गरी लैङ्गिक हिंसा नियन्त्रण तथा सचेतनामूलक गतिविधि सञ्चालन भइरहेको अध्यक्ष रिजालले बताए ।

प्रकाशित मिति : २०८२ मंसिर १२ गते शुक्रबार