२०८३ वैशाख ३ , बिहीबार

शैक्षिक भ्रमणबाट फर्कँदै गरेको जीप दुर्घटना, १० जना घाइते



सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–८ आगानेटा नजिकै शैक्षिक भ्रमणमा रहेका विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। वनगाड कुपिण्डे–१२ स्थित गोब्राही प्राथमिक विद्यालय रमखोलाका विद्यार्थीहरू शैक्षिक भ्रमणका लागि आज दिउँसो करिब १ बजे आगानेटाबाट कुपिण्डेतर्फ फर्कँदै गर्दा रा.१ ज ८७१ नम्बरको जीप अनियन्त्रित भई भित्री सडक खण्डमा पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि जिपमा सवार २० जनामध्ये १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक (डिएसपी) डा. हेमबहादुर केसीले जानकारी दिए। उनका अनुसार घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ।

जीप चालक सल्यान कालिमाटी गाउँपालिका–३ फारुलाका  २९ वर्षीय प्रकाश घर्तीलाई अस्थायी प्रहरी पोष्ट बाबियाचौरले नियन्त्रणमा लिएको छ। जिप घटनास्थलमै भएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको विवरण र  अवस्था

• टोपेन्द्र केसी ( वर्ष ३८) वनगाड कुपिण्डे–१२) — टाउकोमा गम्भीर चोट

• गोमा कुमारी केसी (वर्ष ३५) सोही स्थान) — टाउकोमा मध्यम चोट

• दिपेन्द्र थापा (वर्ष ४) सोही स्थान) — टाउकोमा मध्यम चोट

• बिष्णु रोका मगर (वर्ष १९) — दाहिने खुट्टामा सामान्य चोट

• कृष्णा वली (वर्ष ३५) — दाहिने हातमा सामान्य चोट

• गौरब वली (वर्ष ५) — बायाँ खुट्टामा सामान्य चोट

• तेज ब. डाँगी (वर्ष २५) — बायाँ खुट्टामा सामान्य चोट

• निर्मला घर्ती (वर्ष ४२)— दाहिने खुट्टामा सामान्य चोट

• ललिता डीसी (वर्ष ३७)— टाउकोमा सामान्य चोट

• देवप्रसाद गौतम (वर्ष २८) दैलेख डुङ्गेश्वर–५ — दाहिने खुट्टामा सामान्य चोट

प्रकाशित मिति : २०८२ मंसिर १२ गते शुक्रबार