२०८३ वैशाख ५ , शनिबार

महोत्सब अबधि थप नहुने



 

सुर्खेत महोत्सवको समय थप नहुने भएको छ । माघ २० देखि २८ गतेसम्म रहेको महोत्सब अबधि आयोजकले ३ दिन बढायर फागुन २ गते सम्म हुने भनेको भएपनि नागरपालिकाले महोत्सब अबधि बढाउन अश्विकृत् गरेको हो ।

सुरुदेखि नै अनेक बिबादका बाबजुट संचालन भएको महोत्सवको मिति शनिबार नै सकिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले वीरेन्द्रनगर सुर्खेतमा भएको दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ को समय थप नहुने बताए ।

लामो समयको अंतरालमा भएको महोत्सबमा हजारौं दर्शकले अबलोकन गरेका छन ।

प्रकाशित मिति : २०७९ माघ २९ गते आइतबार