२०८३ वैशाख ४ , शुक्रबार

कोशी प्रदेशमा आज सार्वजनिक बिदा



काठमाडौं । कोशी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामकरण भएको खुसीयालीमा आज सार्वजनिक बिदा दिइएको हो । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो । बुधबार प्रदेश सभाबाट कोशी नाम राख्ने प्रस्ताव दुई तिहाइले पारित भएको थियो ।

प्रकाशित मिति : २०७९ फागुन १८ गते बिहीबार