२०८३ वैशाख ४ , शुक्रबार

ग्यासको मूल्य तत्काल नबढाउन प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली बजारमा खाना पकाउने एलपी ग्यासको मूल्य नबढाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य बढेर आए पनि नेपालमा भने तत्काल मूल्य नबढाउन उनले निर्देशन दिएका हुन् । भारतले मङ्गलवारदेखि एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु ३३९.०६ ले बढाएर पठाएको थियो । एकैपटक यति मूल्य बढेर आएपछि यता नेपाल आयल निगमले मूल्य वृद्धि गर्ने तयारी थालेको थियो ।

तर प्रधानमन्त्रीले निर्देशन दिएपछि रोकिएको छ । आम उपभोक्ता र विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै प्रधानमन्त्री दाहालले बुधबार तत्काल मूल्यवृद्धि नगर्न निर्देशित दिएका हुन् । यस निर्देशनले तत्काल ग्यास उपभोक्तालाई राहत पुगे पनि भविष्यमा भने मूल्य बढ्न सक्ने अडकल गरिएको छ ।

प्रकाशित मिति : २०७९ फागुन १८ गते बिहीबार