काठमाण्डौँ। राष्ट्रपति चुनावको प्रचारप्रसार र प्रदेश सभा सदस्यहरूसँग अन्तक्र्रिया गर्न नेपाली कांग्रेसले पदाधिकारीहरूलाई प्रदेशमा खटाएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकले पदाधिकारीहरूलाई सातै प्रदेशमा खटाउने निर्णय गरेको थियो । जसअन्तरगत कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेश प्रदेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरूङ, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेलाई खटाइएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २०७९ फागुन १८ गते बिहीबार