२०८३ असार १३ , शनिबार

राप्रपाद्धारा मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता



सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बिहान राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएकी हुन् । शाहीले प्रदेश प्रमुख तिलक परियार समक्ष माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको लिखित रुपमै जानकारी गराएकी छन् । केन्द्रमा भएको सत्ता समीकरणमा आएको फेरबदलका कारण प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो ।केन्द्रीय समीकरणमा आएको फेरबदलका कारण कर्णालीमा राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेशसभा सदस्य सन्तोषी शाहीले जानकारी दिइन् । ४० सदस्यीय प्रदेशसभामा राप्रपाबाट एक सिट प्रतिनिधित्व गरेको छ ।

प्रकाशित मिति : २०७९ फागुन १८ गते बिहीबार