२०८३ वैशाख ५ , शनिबार

आमाबुवालाई वृद्धाश्रम पुर्‍याउने अवस्था अन्त्य हुनपर्छ : उपसभापति खड्का



फाईल तस्बिर

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आमाबुवालाई वृद्धाश्रम पुर्‍याउने अवस्थाको अन्त्य हुनपर्ने बताएका छन् । बिहिवार प्रशान्ति वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई फलफूल वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । साथै वृद्धाआश्रममा अक्षयकोषका लागि दुई महिनाको पारिश्रामिक दिने उपसभापति खड्काले घोषणा समेत गरेका छन् । उनले एकल महिला र द्वन्द्व प्रभावित महिलाले राखेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै एकल महिलालाई एकजुट गर्ने अभियानलाई सद्भाव समेत गरे ।

प्रकाशित मिति : २०७९ फागुन १८ गते बिहीबार