
काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार पूर्वसभामुख सुवास नेम्वाङलाई भोट माग्दै एमाले नेताहरु नेकपा एकीकृत समाजवादी कार्यालय पुगेका छन् । सो क्रममा एमालेका नेताहरुले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । अध्यक्ष नेपालसँगको भेटमा नेताहरुले नेम्वाङलाई भोट हाल्न आग्रह गरे । भेटमा राष्ट्रपति पदका उम्मेदवार समेत रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङ, अर्का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङ उपस्थित थिए ।
प्रकाशित मिति : २०७९ फागुन १८ गते बिहीबार